दफा ३१
अन्य निकायले सङ्कलन गरेको विवरण प्रयोग गर्न सकिने
यो ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कानून बमोजिम अधिकार प्राप्त निकायले सङ्कलन गरेको व्यक्तिको वैयक्तिक वा जैविक विवरण, विद्युतीय स्वरूपमा रहेका विवरण र तथ्याङ्क परिचयपत्र प्रयोजनका लागि नेपाल सरकारको निर्णयानुसार विभागले प्रयोग गर्न सक्नेछ।